टोकियो गभर्नरको चुनाव सकियो,आजै राती बाट मतगणना सुरु हुने

टोकियो महानगरपालीकाको गभर्नरका लागि ५६ जना उम्मेदवार प्रतिस्पर्धामा

फाईल तस्विर !य

टोकियो,जापान,२३-जापानको राजधानी टोकियो महानगरपालीकाको नयाँ (मेयर) गभर्नरका लागी आज आईतवार भएको मतदान सम्पन्न भएको छ।

टोकियोका करिब १,८०० सय मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो।इजु आइल्याण्ड चेन जस्ता केही स्थानहरू बाहेक अन्य मतदान केन्द्रमा बेलुका ८ बजे सम्म मतदान गरिएको थियो।

राजधानी टोकियो महानगरपालीकाको नयाँ गभर्नरका लागि कीर्तिमानी ५६ जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्।

टोकियोमा हाल लगभग १४.३ मिलियन जनसंख्या रहेका छन्।जसमध्य लगभग ११.५३ मिलियन मतदाता रहेका छन्।टोकियो गभर्नरको चुनावलाई जापानको सबैभन्दा ठूलो गभर्नरको निर्वाचनको रुपमा हेरिन्छ।

निर्वाचन अधिकारीहरूका अनुसार प्रारम्भिक मतदानमा करिब २१ लाख मानिसले सहभागीता लिएका थिए,जुन अघिल्लो निर्वाचनको तुलनामा २३ प्रतिशतले बढी हो।यसको मतलब करिब १९ प्रतिशत योग्य मतदाताले आफ्नो मत हालेका छन्।

यसैविच:निर्वाचन अधिकारीहरुले दिएको जानकारी अनुसार टोकियो गभर्नरको चुनावमा साँझ ६ बजेसम्म ३४.१२% मतदान भएको छ, २०२० मा अघिल्लो दौडको तुलनामा भन्दा यसपाली ०.३८ प्रतिशत अंकले बढी भएको जनाएका छन्।

त्यसैगरी:टोकियो महानगरपालिकाको उपनिर्वाचनका लागि आइतबार पनि मतदान भएको छ।नौ निर्वाचन जिल्लामा कुल ३० जना उम्मेदवारले प्रतिस्पर्धा रहेका छन् ।

८ बजे सम्म कति प्रतिशत मत खस्यौ त्यसको विस्तृत जानकारी आउन बाँकि रहेको छ।मतगणना आजै राती बाट सुरु हुने निर्वाचन अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी:जापानको एक पत्रीका योमिउरी शिम्बुनले गरेको प्रक्षेपण अनुसार, टोकियो गभर्नरको चुनावमा उम्मेदवार दिएका ७१ वर्षीय युरिको कोइकेले जित्ने निश्चित देखाएको छ।

उनले आफ्नो अनुमानित जीतको बारेमा थाहा पाएपछि, कोइके आइतवार राति आफ्ना समर्थकहरूसामु देखा परेका छन्।उनले मुस्कुराउँदै भनिन्,”म टोकियो भव्य सुधारको स्तरवृद्धि गर्नेछु।” 

कोइकेले डे-केयर सेन्टरका लागि प्रतिक्षा सूचीमा रहेका बालबालिकाको संख्या ९६ प्रतिशतले घटाउने र उच्च माध्यमिक शिक्षालाई प्रभावकारी रूपमा निःशुल्क बनाउने लगायतका आफ्ना उपलब्धिहरूलाई प्रकाश पारेर मतदाताको समर्थन जुटाएको अनुमान गरिएको छ।गभर्नरले विपद् विरुद्धको प्रतिकार्यमा आफ्नो ध्यान केन्द्रित गर्न पनि उहाँले जोड दिनुभएको छ।

अपडेट ……. हुदै बाँकि समचार  !!