टोकियो,जापान,२४-टोकियो गभर्नर(मेयर) मा लगातार कोइके युरिको तेस्रो कार्यकालका लागी विजयी भएकी छन्।
आइतबार भएको मतदानपछि उनले ५५ जना आफ्ना प्रतिस्पर्धी लाई पछि पार्दै तेस्रो कार्यकालका लागी विजयी हुनु भएको हो।
टोकियोवासीहरूले उहाँलाई अर्को चार वर्ष कार्यकाल लागी मतदान गरी जिताएका छन्।
विजय भए भएपछि कोइकेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै टोकियोले सामना गरिरहेको विभिन्न चुनौतीहरू, जस्तै बढ्दो मूल्य र घट्दो जन्मदर उल्लेख गर्दै यसको समाधानको निम्ती अग्रसर हुने बताउनु भएको छ।
“उद्योगहरू उल्लेखनीय रूपमा परिवर्तन भएकाले डिजिटल रूपान्तरणलाई कसरी अगाडि बढाउने भन्ने हाम्रो चुनौती हो,” उनले भनीन्।
उहाँले कोइकेले महिला सशक्तीकरणका लागि वातावरण “विश्वका अन्य भागको तुलनामा अपर्याप्त” रहेको पनि बताउनुभयो।उहाँले अगाडी भन्नुभयो, “हामीले टोकियोलाई सुधार गर्नका लागि हाम्रा प्रयासहरू बढाउनुपर्छ।”
पूर्व रक्षामन्त्री, ७१ वर्षीय कोइकेले जापानको डाइटको माथिल्लो र तल्लो सदनमा काम गरिसकेका छन्।उनी सन् २०१६ मा टोकियोको पहिलो महिला गभर्नर बनेकी थिइन् ।
चुनाव प्रचारका क्रममा कोइकेले गभर्नरको सिटमा आफ्नो दुई कार्यकालको उपलब्धिलाई जोड दिएकी थिइन्। उनले घट्दो जन्मदरसँग जुध्न थप सहयोग गर्ने प्रतिवद्धता जनाउँदै महानगरीय सरकारले नि:शुल्क बाल हेरचाह विस्तार गर्ने बताइन्।
कोइकेले गभर्नेटर दौडमा कीर्तिमान ५५ प्रतिद्वन्द्वीसँग सामना गरेका थिए।
अपडेट …… हुदैँ बाकिँ समाचार