भिरबाट लडेर सिकिस्त घाइते

के-पी-घिमिरे/
नेपालगन्ज,असार,२९-
जाजरकोटको सिवालय गाउँ पालिका वडा नं ३ बर्ष ४० कि देवी बुढा घास काट्न गएको बेलामा भिरबाट लडेर सिकिस्त घाइते भएकी छिन् ।

घाइते बुढालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याईएको छ ।

नीजलाई प्राथमिक उपचार गरी थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले बताएको छ ।

उक्त बिरामीलाई काठमाडौं लैजाने तयारी गरिरहेको नीजका छोरा भुपेन्द्र बहादुर बुढाले बताए ।