महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थिलाई छात्रबृत्ति बितरण

बाँके,असार,२७-

महालक्ष्मी विकास बैंक लिमीटेडको शाखा कार्यालय नेपालगन्जले ५ जना विद्यार्थिहरुलाई छात्रबृत्ति वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थीत धम्वोझि माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थिलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नंम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र बैंकका प्रबन्धक राजेन्द्र शाहले संयुक्त रुपमा बुधबार आयोजित एक कार्यक्रमका विच जनही ५ हजारका दरले विद्यार्थीहरुलाई रकम प्रदान गर्नुभयो । शाखा कार्यालयका प्रवन्धक राजेन्द्र बहादुर शाहले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई बैंकले निरन्तरता दिने प्रतिबद्धता जनाए ।