विजय कोइरालाको निधन

काठमाण्डौं,चैत,८-

स्व. विजय कोइराला

नेपालगञ्जको कोइराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री स्व सुशिल कोइरालाका कान्छा भाई विजय कोइरालाको आज विहान निधन भएको छ ।

नेपालगञ्ज– १० निवासी ७४ वर्षिय कोईरालाका आज विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहाँ दुई हप्तादेखि निमोनीयाबाट ग्रस्तु हुनुहुन्थ्यो । साविकको वडा न १३ का वुथ सभापती समेत रहनु भएका कोइरालाका एक छोरा एक छोरी छन् ।

सीनियर ओभरसीयसरका रुपमा क्रियाशिल कोइराला मृदुभाषी हुनुका साथै लो प्रोफाइलमा बस्न रुचाउनु हुन्थ्यो । पूर्व प्रधानमन्त्री कोइराला नेपालगञ्ज आउँदा प्राय उहाँकै घरमा बस्ने गर्नु हुन्थ्यो ।

कोइरालालाई श्रदाञ्जली दिन अहिले परिवारका सदस्य, आफन्त तथा काँगे्रसीजनहरु अष्पतालमा जम्मा भएका छन् । उपचारमा संलग्न भतीजा एवं काँगे्रस यूवा नेता सुधांशु कोइरालाले साँझ सम्म काठमाडौ आर्यघाटमा दाहसंस्कार गरिने तयारी भइरहेको जनाउनु भयो ।