सामाजिक विकास मन्त्रीले गरे स्वास्थ्य र शिक्षा क्षेत्रको छड्के निरीक्षण

के -पी – घिमिरे/
बाँके,बैशाख,३०-
प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज बाकेको नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पताल , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको छ ।

हिजो राती नेपालगन्जमा मन्त्रालयका टोलीसित आउनु भएको मन्त्री वरालले कहिँ कसैलाई जानकारी नदिइ एक्कासी पहिला भेरी अञ्चल अस्पतालको ओ-टी -, आइ- सि -यु , वार्ड, आपतकालीन बिभाग लगाएतका ठाउहरुको निरीक्षण गर्नु भएको थियो । उहाँले बिरामीहरुले के कस्तो सेवा पाइरहेका छन् त्यसको बारेमा जिज्ञासा राख्नु भएको थियो ।

त्यसपछि उहाँ लगाएतको टोलि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आइ आपतकालीन बिभाग , ओ-टी- , आइ- सि- यु, एन- आइ- सि -यु, पि -आइ -सि- यु , र वार्डहरुको निरीक्षण गर्नु भएको थियो । उक्त क्रममा उहांले त्यहाको सेवा सुबिधाको बारेमा अस्पतालका प्रवन्धक निर्देशक डा- सुरेशकुमार कानोडिया , निर्देशक डा- एम किदुवाइ , सहायक निर्देशक डा- रोमन किदुवाइसङ्ग सोधपुछ गर्नु भएको थियो ।

त्यहाँको निरीक्षण पश्चात् जिल्ला शिक्षा कार्यालयको निरीक्षण गर्नु भएको थियो । सामाजिक विकास मन्त्री वराल सङ्ग प्रदेश ५ का स्वास्थ्य विभाग प्रमुख डा- उमा शंकर चौधरी , शिक्षा महाशाखा प्रमुखका उप सचिव हरिहर घिमिरे , प्रदेश सचिव पुस्करराज पन्त, ५ न- प्रदेश सामाजिक विकास मन्त्रालयका स्वकीय सचिव यदु ज्ञवाली, बांके १ क कि सभासद कृण्णा के-सी- लगाएतको टोली आएको थियो ।