वाइसिएलको राष्ट्रिय सम्मेलन काठमाडौमा आजदेखि सुरु

काठमाडौ,भदौ,२

माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ ।

बिहान ११ बजे जडीबुटी पार्टी प्यालेसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाइसिएललाई नयाँ नेतृत्व सहमतिबाटै ल्याउन पार्टीबाट चर्को दबाब परेको छ ।

वाइसिएलको नेतृत्वका लागि तीनजना बीच प्रतिस्पर्धा देखिएको छ । रामप्रसाद सापकोटा, लक्ष्मी चौलागाईँ र दीपक देवकोटा नेतृत्वको लागि दौडधुममा छन् ।

वासिएलले १५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने भोलि सम्मेलन सक्ने तयारी गरेको छ । यसअघि वाईसिएल ३९९ सदस्यीय थियो ।