ओली र प्रचण्डबीच आज पनि छलफल हुने

काठमाडौं,असार,२३-नेकपाको पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई अध्यक्ष्ँ प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल बीच आज मंगलबार पनि भेटबार्ता हुने भएको छ । बिहान १० बजेजछि प्रधानमन्त्री रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष्ँ प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो ।

उहाहरु बीच आज छलफल हुदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भन्नुभयो, ‘सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुन्छ होला।’पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताउनुभयो ।पार्टीमा बढेको गतिरोध अत्यका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको भनेर कतिपय सञ्चार माध्यममा आएको समाचारको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।‘अध्यक्षद्वयले कुनैपनि प्रकारको कार्यदल गठन गर्नुभएको छैन,’ सापकोटाले भन्नुभयो, ‘कार्यदल गठन भएको भनी आएका समाचारमा सत्यता नभएको जिकिर गर्नुभयो ।