जापानमा बाढीका कारण ५१ जनाको मृत्यु, फुकुओकामा पनी १ को मृत्यु

क्युशुबासीलाई सतर्क रहन अधिकारीहरूको आग्रह

फाईल तस्विर !

फुकुओका,जापान,असार,२३-जापानमा गत शुक्रबारबाट निरन्तर परिरहेको अबिरल वर्षाका कारण जनजिवन थप कष्टकर बन्दै गएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा तीव्र वर्षाले दर्जनौं व्यक्तिको मृत्यु भैसकेको अधिकारिहरुले बताएका छन् ।

अहिले  फुकुओका, सागा र नागासाकी क्षेत्रमा रहेका मानिसहरूलाई नदीहरुको किनारमा नजान र पहिरोबाट बच्नका लागि सतर्क रहन आग्रह गर्दै यस क्षेत्रमा आपतकालीन चेतावनी दिएको छ।अधिकारीहरुका अनुसार फुकुओका प्रान्तमा एक व्यक्तिको मुत्यु भएको बताएका छन् ।अहिले बाढीबाट डुबान भएका क्षेत्रमा ओमुटा शहर, फुकुओका प्रान्तमा, आत्म-रक्षा बलका कर्मचारीहरू उद्धार कार्यमा संलग्न रहेका छन्।

मंगलबार बिहान ओइटा प्रान्तको हिता शहरमा चिकुगो नदीमा आएको बाढीको बहाव अत्याधीक बढेको अधिकारीहरुले जानकारी दिएका थिए।उक्त नदिको छेउछाउमा रहेका धेरै शहरहरूमा बाढी आउन सक्ने भएकोले उक्त क्षेत्रमा बस्ने मानीसहरुलाई सम्भावित प्रकोप बाट बचाउन अहिले त्यस क्षेत्रमा सुरक्षा निकायलाई निरीक्षण गर्न र उनीहरूको सुरक्षालाई सुरक्षित राख्नका लागि प्रतिनिधिहरूलाई आग्रह गरिएको अधिकारीहरुले बताएका  छन् ।

बाढीप्रभावितका लागि त्यहाॅं एउटा प्राथमिक विद्यालय र एक सामुदायिक केन्द्रलाई अस्थायी बसोबासका लागी बन्दोबस्त गरिएको छ ।हालसम्म बाढी र पहिरोका कारण कुमामोटो प्रान्तमा सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाॅं ५१ जना व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ । ११ जना अझै हराइरहेका छन्।

वर्षाका कारण त्यहाॅं दर्जन बढी स्थानमा बाढी आएको छ।अत्याधीक वर्षाका कारण रेल र एक्सप्रेस बस सेवाहरू प्रभावित भएका छन् ।कुमामोटो, ओइटा र कागोशिमा क्षेत्रहरूमा ६००० भन्दा बढी घरहरुमा विद्युत सेवाहरु अवरुद्ध हुन पुगेको छ ।