मन्त्रिपरिषद बैठक आज बस्दै, बैठकले प्रहरी प्रमुख चयन गर्ने

फाईल तस्विर !!

काठमाडौं,असार,२३-मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । आजको मन्त्रिपरिषदबाट नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गरिने बताइएको छ ।

नेपाल प्रहरीका प्रमुख ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल भोलि सकिदैछ । आईजीपी ज्ञवालीले ३० वर्षे सेवा अवधीको कारण भोलिबाट अनिवार्य अवकाश पाउनुहुनेछ ।

उहाँले फागुनदेखि प्रहरी निरीक्षकको कार्यभार सम्हाल्नु भएको थियो ।त्यसैले आजको बैठकले २८ औं महानिरीक्षक (आईजीपी) चयन गर्ने भएको छ ।

अब आउने प्रहरी प्रमुखको अवधि २१ महिनाको हुँदैछ भने नयाँ आइजीपीले २०७९ बैशाख १९ सम्मका लागि आफनो कार्यभार सम्हाल्नेछन् ।प्रहरी प्रमुखको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल हुनुहुन्छ ।