काठमाडौं,असार,२३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा बाजुरामा ५४, काठमाडौंमा १४, अछाम ११, बैतडीमा ११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा ८, अर्घाखाचीमा ८ जना, डोटीमा ७ जना, डडेलधुरा ६, मोरङ्मा ६ जना, नवलपरासी पश्चिम ५, सुर्खेत ५, रुकुमपश्चिम ५ र सल्यानमा ५ जना, सप्तरी ४ भक्तपुरमा ४ जना, दाङ ३, मकवानपुर ३, सुनसरी ३, सर्लाहीमा ३ जना रहेका छन् ।
त्यस्तै तनहुं २, पाल्पा २ , बर्दियामा २ , जना, रामेछाप १, लमजुङ १, गोरखा १, सिन्धुली १, सिन्धुपाल्चोक १, झापा १, धादिङ १, बाग्लुङ १, कपिलवस्तु १, नुवाकोट १, रुपन्देही १, कास्की १, रुकुम पूर्वमा १, र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएका छन् ।
हाल २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा कुनै पनि कोरोनाका लक्षण नदेखिएको बताउनुभयो ।उहाँले ९७ प्रतिशत संक्रमित आयातित भएको पनि बताउनु भयो ।