सभामुख सापकोटाले राजनीतिक दलहरुसँग छलफल गर्दै

काठमाडौं,फागुन,१९-सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लाग्नुभएको हो ।

यसअघि सभामुख सापकोटा हिजो संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने बताउनुभएको हो ।

सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नु सभामुख सापकोटाका लागि निकै चुनौतीपूर्ण देखिन्छ ।

बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ ।