कर्मचारी संगठनको सपथ ग्रहण कार्यक्रम कोहलपुरमा सम्पन्न

कोहलपुर,भाद्र,११-
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीले अाज एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको थियो ।

निर्वाचन मण्डलका अनुसार केही प्राविधिक कारणले गर्दा सपथ खुवाउने कार्यक्रम ढिलो भएको निर्वाचन मण्डलको अध्यक्ष टी-एन-रावतले बताउनु भयो । साथै उक्त सपथ ग्रहण कार्यक्रममा शिक्षण अस्पताल कोहलपुरको बिभागीय कमिटीका निर्वाचित पदाधिकारीलाई पनि कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्यालले सपथ खुवाउनु भएको थियो ।

नव निर्वाचित सभापति र कोहलपुर बिभागका अध्यक्षले अाफना भावि कार्यक्रम कर्मचारीहरुको हक हितमा हुने प्रतिवद्दता गर्नु भएको थियो । कार्यक्रममा बोल्दै निर्वाचन मण्डलका सदस्य तथा कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खानले कर्मचारीहरुका सामुहिक मागलाई कडाइका साथ लिनुहुन नव निर्वाचित पदाधिकारीलाई अनुरोध गर्नु भएको थियो ।

अहिले नेपाल सरकारको अवधारणा अनुसार पेन्सन योजना यस कलेजमा पनि गर्नका लागि पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो । उक्त कार्यक्रम निर्वाचन मण्डलका सदस्य शरद पोखरेलले चलाउनु भएको थियो भने कार्यक्रम समापन निर्वाचन मण्डलका अध्यक्ष टी-एन-रावतले गर्नु भएको थियो ।