श्रीलंका बन्यौ एसिया कप क्रिकेटको च्याम्पियन

पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियनकाठमाडौं,भदौ,२७-आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ।दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

Asif Ali is bowled, Sri Lanka vs Pakistan, Asia Cup final, Dubai, September 11, 2022

यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले । चामिका करुनारत्नेले अविजित १४ रन बनाए ।

वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए ।

यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ ।

The Sri Lanka players celebrate their victory, Sri Lanka vs Pakistan, Asia Cup final, Dubai, September 11, 2022

श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

पाकिस्तान भने तेस्रो पटक उपाधि जित्न असफल भएको छ ।  प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो।खेसपाटीबाट