आजको राशिफल ।। भाद्र २६ गते आईतवार ।।

काठमाडौं,भाद्र,२६-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २६ गते आईतवार, (सेप्टेम्बर ११ तारिख) अश्विन कृष्ण प्रतिपदा तिथी !आज सोह्र श्राद्ध प्रारम्भ पनि रहेको छ ।

आज भाद्र २६ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयरको कारोबारबाट सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित हुनेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल