शैक्षिक निति कार्यक्रम नेपालगंगजमा जारी

मधुपौडेल,

बाँके,असार,३-

विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजनको सह आयोजनामा नेपाल एजुके फेयर तथा शैक्षिक निति वहस कार्यक्रम २०१७ नेपालगंज आज र भोली बुधबार हुने भएको छ ।

शिक्षा को विकास तथा शिक्षालाई केन्दबाट विकेन्द्रीकगरण गर्न उदेश्यले मेलाको आयोजना गरीएको हो । शैक्षिक गतिविधि बढ्दै गएका देशका विभिन्न शहरहरुमा शैक्षिक मेला आयोजना गर्ने तयारी अनुरुप असारको २३ र २४ गते विराटनगर, २७ र २८ गते विरगंज ३१ र साउन १ गते धनगढिमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई दुई चरणमा वाडिएको छ । पहिलोमा शैक्षिक प्रदर्शनी तथा दोस्रोमा शैक्षिक बहसको कार्यक्रम हुने भएको छ । पढ्नकै लागि काठमाडौ जानु पर्छ भन्ने मान्यता रहेको हुदाँ काठमाडौमा रहेको विभिन्न कलेजको बारेमा जान्ने इच्छालाई नेपालगंजमा तान्ने प्रयासलाई आयोजकले निकै सान्दर्भिक रहेको बताएको छ ।

शैक्षिक मेलामा विभिन्न विश्वविद्यालय र कलेज गरि जम्मा ३० भन्दा बढि स्टलहरु रहने तथा करिव ५००० भन्दा बढि विद्यार्थी तथा अभिभावकहरुले प्रत्येक्ष अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

शैक्षिक मेला संगसगै उच्चस्तरीइ शिक्षा निति बहस कार्यक्रम पनि हुनेछ जसमा नेपाल सरकार ,शिक्षा मन्त्रालय ,शिक्षा विभागका प्रतिनिधि ,विज्ञ ,शिक्षा क्षेत्रका निति निर्माताहरु विचमा उच्चस्तरिय शैक्षिक निति कार्यक्रम बारे व्यापक वहस हुने हुदा“ कार्यक्रमलाई निकै महत्वका साथ हेरीएको छ ।