आकस्मिक स्वास्थ्य सेवामा लगाइएको शुल्क फिर्ता गर्न थर्ड एलायन्सको माग

बाँके,साउन,३-

नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल विकास समितिले इमर्जेन्सी (आपतकालीन) सेवाका लागि शुल्क तोकेको कार्यप्रति तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पताल समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन थर्ड एलायन्सले बिज्ञप्ती मार्फत माग गरेको छ ।

संविधानले प्रत्येक नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टी गरिसकेको अवस्थामा पनि अस्पतालले आपतकालीन सेवाका लागि शुल्क निर्धारण गर्नु निन्दनीय कार्य भएको थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले मंगलबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

नेपालको संबिधानको धारा ३५ द्वारा प्रदत्त स्वास्थ्य सम्बन्धी हकमा आघात परेको बिज्ञप्तीमा भनिएको छ । धारा ३५(१) ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, भन्ने कुराको ग्यारेन्टी गरे पनि भेरी अञ्चल अस्पतालले नागरिकको अधिकारलाई कुठित पर्ने गरी गरेको निर्णयको भत्र्सन समेत गरिएको छ ।

निशुल्क स्वास्थय सेवा लिनबाट बन्चीत गर्ने गरी गरेको उक्त गैरसंबैधानिक निर्णयलाई तत्काल फिर्ता गरि जनताको निशुल्क स्वास्थ्य र आकस्मिक स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्न सम्बन्धित सबैमा आग्रह थर्ड एलायन्सले आग्रह गरेको छ ।

यस्तै असार २८ गते नेपालगंज स्थित माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथी हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको घटना प्रति थर्ड एलायन्स दुख व्यक्त गर्दै उक्त घटनाका विषयमा छानबिन गरी दोषी माथि कानुनी कारवाही गर्न स्थानीय प्रशासन संग माग गरेको छ । साथै बन्द गरिएका अस्पतालहरुलाई सूचारु गर्न समेत अपिल गरिएको छ ।

प्रेस विज्ञप्ती