स्टेज क्विनभुमिकाको सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,साउन,३-
तिज आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ । तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन ।
यस्तै चर्चित लोक दोहोरी गायीका भुमिका गिरीको यो वर्षको दोस्रो गित सिस्नुले हान्दिछु बोलको गित सार्वजनिक भएको छ । पछिल्लो समय स्टेज क्विनको संज्ञा पाएकी भुमिका देशविदेशका स्टेज देखी स्टुडियो सम्म निकै रुचाएकी गायीका हुन भुमिका ।
गोरखपुरको सलाई……………..घुमौला नि दाङ घोराही बजार…………..सातो पुत्लो गयो……………नरिसाउन कान्छु………….लौका चाख्ने मौका देउ…………..आयो नेपाली गित गाउन आयो………………खुर्सानी झै पिरो………तिउन मिठो बनायो चुकैले…………..लगायत गितबाट दर्शक स्रोताको मनमा बस्न सफल भईसक्नुभएकी भुमिकाको यो वर्ष नै सार्वजनिक भएको दियौ चुरोट दिएनौ सलाई………………बोल गितले पनि दर्शक स्रोताको मन जितिरहेको छ ।
उक्त गित एकता फिल्मको दृश्य निर्माणमा सार्वजनिक भएको हो । भुमिका गिरी र तिलक ओलीको स्वर रहेको प्रस्तुत गितमा शब्द तथा संगित भने तिलक ओलीको रहेको छ ।
भुमिका गिरी,निकश शर्मा,रमेशजंग थापा,र मालती घलेको अभिनय रहेको छ । मौसमी हिमालीको निर्देशन,प्रविन भट्टको सम्पादन,दुर्गा पौडेलको छाँयाकन रहेको छ ।
गितले राम्रो सफलता पाओस बिहानी अनलाईनको तर्फबाट शुभकामना