नबनायक दीपेन्द्र प्रकाश केसी चलचित्र बृन्दाबनबाट चर्चामा

बाँके – नेपालगन्जका फिल्म हलमा हालै प्रर्दशनरत ३ नेपाली कथानक चलचित्र मध्य सोमबार सम्मको बक्स अफीस कलेक्सनलाई हेर्दा बृन्दाबनले बास्रलेट र लालजोडीको व्यापारलाई उछीने र चर्चा कमाउन सफल भएको छ ।नेपाली हिन्दु नारीहरुको महान् पर्व हरीतालिका तिजको अवसरपारी यही भदौ १७ गते शुक्रबारबाट प्रर्दशनमा आएका ३ चलचित्र प्रर्दशन अगावै चर्चामा आएका चलचित्र हुन् ।चलचित्रले धेरै मात्रामा सिनेमा हल नपाए पनि जति हल पाएको छ सबैमा राम्रो ब्यबसाय गरेको छ । एक्लै साथ प्रदशनमा आएका अन्य दुई चलचित्र ‘ब्रासलेटर ‘लालजोडी’को भिडमा कतै आफ्नो चलचित्रको ब्यबसाय कम हुने त् हैन भनेर डराएका निर्माता ,निर्देशनले अहिले चलचित्र ‘वृन्दावन’ले सोचेको भन्दा बढी राम्रो ब्यबसाय र अप्रत्यासित दर्शकको साथ पाएपछि निर्माण युनिट यतिबेला छक्क परेका छन् ।कुनै समय नेपाली चलचित्र उद्योगमा राज गरेर बसेका नायक रमेश उप्रेतीको कमब्याक फिल्म बास्रलेट दर्शकका लागि प्रतिक्षित हुँदाहुदै पनी दर्शकहरुको आकर्षण बृन्दाबन तिर उल्खनीय रुपमा पाईएको छ । चलचित्र पत्रकार लक्ष्मण सुवेदीले हाँस्य शैलीमा बनाएर फरक भनिएको चलचित्र लालजोडिले पनी दर्शकलाई सिनेमा हल सम्म तान्न सकेन ।

14249313_1180901638622432_413856333_nअन्तत : राजधानी लगायत देशका मुख्य सहर नेपालगंज ,पोखरा ,चितवन ,बुटवल ,हेटौडा लगायतको ठाउमा चलचित्रको ब्यबसाय निकै राम्रो रहेको छ ।चलचित्र बृन्दाबनमा सिल्पा पोखरेललाई एक्सनधारमा प्रस्तुत गरीएको भएपनी चलचित्र हेर्ने दर्शकहरुले बृन्दाबनबाटै पहिलोपटक चलचित्र क्षेत्रमा डेब्यु गरेका नेपालगन्जका नबनायक दीपेन्द्र प्रकाश केसीको अभिनयलाई मन पराएका छन् ।यस्तै बाँदरको अभिनय रहेको ‘वृन्दावन’लाई सिंगल थेटरक दर्शकको राम्रो साथ मिलेको हो ।चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।रुद्र खनालको निर्माण रहेको चलचित्रमा कमल जीसी सह९निर्माताक रुपमा रहेका छन् ।प्रर्दशन पुर्व चलचित्रका प्रोमो तथा पोस्टरमा नदेखिदा पनी चलचित्र प्रर्दशनमा आएको २ दिनमा नै चलचित्रको बृत्तमा नेपालगन्जका नबनायक दीपेन्द्र प्रकाश केसीको चर्चा चुलिदै आएको छ । देशैभरका सिनेमा घरको रेकर्डलाई हेर्दा बृन्दाबनले करीब धेरैजसो सिनेमा घरहरुमा हाउसफुल बनाउन सकेको चलचित्रका निर्देशक राजबहादुर सानेले जानकारी दिनुभयो । त्यसो त चलचित्रको सांगितीक पाटो पनी बलीयो देखिएको छ । तिमी ताला म हु चाबि बोलको गीतले त झनै यतीबेला यसका संगीतकार दीपक शर्माको सांगितीक उचाईलाई पनी बढाएको चलचित्र विश्लेशकहरुले बताउदै आएका छन् ।14182538_1180903111955618_1661457485_n