शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत

रोशन घर्ती
दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, कृष्ण रेउले कमल गाउर्ले लागएतले गीत गाउनु भएको थियो ।

कलाकारहरुले आफ्ना गीतहरु मार्फत महोत्सबमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिनु भएको थियो । पुस्तक प्रर्दशनी बाट पनि विभिन्न पुस्तकहरुको विक्रिवितरण भएको छ । अहिले सम्म धेरै जस्तो आख्यानहरु विक्रिभएको छ भने धार्मिक पुस्तक, विद्यार्थीहरुको लागिचाहिने स्टेशनरी सामग्रीहरुको विक्रिपनिउल्लेख्य मात्रमा रहेकोछ ।