आज फुकुओकामा सुमधुर साँगितीक साँझ हुने

कार्यक्रममा चर्चित गायक नारायण रायमाझी र शान्तिश्री परियार आउने

फुकुओका,जापान,पुस,१५-

नयाँ वर्ष २०१९ को अवसर पारी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले आज फुकुओकामा सुमधुर सांगीतिक साँझको आयोजना गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले फुकुओकामा पहिलो पटक नेपाली मौलिक बाजा गाजा सहित सुमधुर साँगीतीक साँझ गर्न लागेको हो ।

आज आईतबार हुने सुमधुर साँगितीक साँझ कार्यक्रममा लोकप्रिय गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी र लोकप्रिय गायिका शान्तिश्री परियारको उपस्थीतीहुने आयोजकले जनाएको छ ।

कार्यक्रममा मौलिक बाजा बजाई साथ दिन जापानको नागोयामा बस्दै आउनु भएका मनु थापा र उत्तम सेन्चुरी पनी आउनुहुने आयोजकले बताएको छ ।

सुमधुर साँझको कार्यक्रममा उपस्थीत भई रमाउन कित्ता क्यूशु र फुकुओकामा रहनुहुने सबै नेपालीमा आयोजकले चुले निम्तो गरेको छ ।

कार्यक्रम फुकुओकाको ( 福岡市中央区大名1-15-11 )
तेन्जिङ् एप्पल स्टोर नजिकै रहेको टेम्पो हलमा बेलुकि ६ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।