चर्चित महिला निर्देशक पुरी बजारमा चर्चा बटुल्दै

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,३१-

पछिल्लो समय संगीतको बजारमा एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेकी एक महिला निर्देशक हुन् बबिता पुरी । “प्रदेशी चेली” बोलको गित बाट निर्देशन शुभारम्भ गरेकी पुरी एकाएक चर्चामा छिन् ।

ललितपुरको पुल्चोक ३ मा जन्मीएकी उनि निक्कै संघर्षका साथ सफलता हात पारेकी छिन् । उनले निर्देशन गरेको म्युजिक भिडियो बजारमा निक्कै दर्शकले रुचाएका छन् । लोक दोहोरी गित कस्तो र केहो भन्ने कुरा नै थाहा नभएकी उनि एक्कासी निर्देशकको रुपमा परिचित हुदाँ खुशी भएको बताउछिन् । आफ्नो मेहनत भए जुनसुक्कै कुराको सफलता हात पार्न सकिने रहेछ भन्ने कुराको एक उदाहरणकी पात्र बन्नेकी छिन् ।

बबिता पुरी

यस क्षेत्रमा प्रबेश गर्नका लागी आफ्नो जन्म दिने आमाको आर्शिबाद, आफ्नो श्रीमान राजेन्द्र पुरीको साथ, अनि हरेक कुरामा सिकाउने र हौंसला प्रदान गर्ने आफ्नो प्रिय भाईहरु अमन श्रेष्ठ र चर्चित निर्देशक तथा मोडल काजीस श्रेष्ठ र हरेक क्षेत्रमा हिम्मत गरेर अगाडी बढ्न आग्रह र साथ दिने चर्चित मोडल आशा खड्का रहेको उनि बताउछिन् ।

निर्देशक पुरी एक संघर्षशिल नारीमा चिनिन्छिन् । उनि निर्देशकमा मात्र सिमितत छैन्न् अहिलेको चर्चित म्युजिक कम्पनि प्रियसी म्युजिक प्रा.लीकी प्रबन्ध निर्देशक समेत रहेकी छिन् ।निर्देशक पुरीको यात्रा सदैव जारी रहोस् र सफलताको शिखर चुमोस् बिहानी अनलाईन डटकमको तर्फबाट हार्दिक शुभकामना