आइटम बमले सारा नेपाल हल्लाएपछि

नेपालगन्ज,बैशाख,११-

अहिलेका चर्चित मोडल तथा डाइरेक्टर विवश चौधरी र सिता खड्काको मोडलिङगमा रहेको आइटम बमले सारा नेपाल हल्लाएको छ ।

नयाँ बर्ष अर्थात २०७६ साल बैशाख १ गते सार्वजनिक गर्ने भनिएको आइटम बमले केही समय पछि धकेलिएपनि आइटम बमले एकै दिनमा सारा नेपाल हल्लाउन सफल भएको छ । चर्चित मोडल विवशको मोडेल र सिताको जोडीले सारा नेपाल हल्लाउनका लागि जवानी समेत हल्लाउन सफल भएका जोडीले जलवा देखाउन समेत भ्याएका थिए ।

गायिका ज्योति मगर र गायक विश्व सागर परियारको स्वरमा रहेको “आइटम बम” म्युजिक भिडियो सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा चर्चित मोडल तथा कोरियोग्राफर विवश चौधरी र सीता खडकाको भुमिका फरक किसिमको रहेको छ जसमा आइटम बमका रुपमा समेत मोडेल सितालाई देख्न सकिने मोडल विवशले बताउनुभयो ।

मोडल विवश चौधरीद्वारा निर्र्देिशत उक्त भिडियोको छायांकन सतिश सिन्हाले गर्नुभएको छ । बर्दियाको बासगढी बजारको इन्दे्रणी होटलमा छायांकन गरिएको भिडियो सीएस फिल्म् प्रालि यूट्यूव च्यानलबाट सार्वजनिक भएको छ ।

मोडल विवश अहिलेका चर्चित मोडलको रुपमा परिचित हुनुहुन्छ । उहा“को निर्देशित तथा मोडलिङग गरेको एक सय बढि गितहरु बजारमा आइसकेको छ ।