खोटाङ्गमा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन सुरु

सिर्जना बर्देवा/
ओखलढुंगा, कार्तिक,३०-
बैदेशिक रोजगारीलाई सुरक्षित ,मर्या्दित र उपलब्धिमुलक बनाउन खोटाङको लामिडाडाँ गाउँपालिकामा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन कार्य सुरु गरिएको छ । बैदेशिक रोजगारमा गएका र जान तयार भईसकेका ब्यक्ति तथा परिवारलाई सुरक्षित बनाउने उदेश्यले उक्त पालिकाको दुई नम्बर वडा खार्पाबाट उक्त कार्यक्रममा शुरु गरिएको हो ।

लामिडाडाँ गाउँपलिकाको उपध्यक्ष समला राई र कार्यपालिका सदस्य निरज भुजेलको समेत सहभागितामा शुरु गरिएको कार्यक्रम गाउँपालिकाको ६ वटै वडाहरुको बस्ती–बस्तीसम्म पु¥याईने छ । बैदेशिक रोजगार सम्बन्धि सामाजिक नक्सा बनाई बैदेशिक रोजगारमा गएकाहरुको तथ्याङ्क संकलन गरिने र बैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै लैजाने कार्यक्रमको उदेश्य रहेको छ ।

उक्त कार्यक्रमबाट आवधिक रुपमा स्वरोजगार सिर्जना गरी युवाहरुलाई स्वदेशमै रोक्ने उदेश्यले कार्यक्रम शुरु गरिएको उपाध्यक्ष समला राईको भनाई छ । यस्तै, हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिकाका वडाहरुमा पनि बैदेशिक रोजगारीमा गएकाहरुको तथ्याङ्क संकलन तथा सामाजिक नक्सा निर्माण गर्ने काम सुरु भएको छ ।