ओखलढुंगामा कर्मचारीलाई तालिम दिएर निर्वाचनमा खटाईने

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,३०-

ओखलढुंगामा कर्मचारीलाई तालिम दिएर निर्वाचनमा खटाईने भएको छ । संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी खटिने सबै कर्मचारीलाई तालिम दिईने भएको हो । मंसिर १० गते हुने निर्वाचनका लागि ओखलढुंगामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ ।

उनिहरुलाई मंसिर ३ र ४ गते आवश्यक तालिम दिएर खटाईएको क्षेत्रमा पठाईने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली तयार भईसकेको छ । एक सय ४१ मतदान अधिकृत, एक सय ४१ जना सहायक मतदान अधिकृत निर्वाचानमा खटाईने छ ।

निर्वाचान अधिकृत, सहायक निर्वाचन अधिकृत सहित एक मतदान केन्द्र बराबर ४ जना सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठ जना कर्मचारी खटाईने जनाईएको छ । मंसिर १० गते जिल्लामा एक नगरपालिका सहित सात वटा गाउँपालिकामा एक सय ४१ मतदान केन्द्र मार्फत १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।