प्रादेशीक महोत्सवको आज चौंथो दिन

आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुने

बाँके,माघ,१४-

बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज चौथो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने भएको छ ।

महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ  ।

साथै आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ लाख नगद राशी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

हिजो शनिबार अर्थात महोत्सवको तेस्रो दिन दर्शकहरुको घुइचो लागेको थियो । कार्यक्रममा चर्चित गायक राजनराज सिवाकोटी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा, देउडा गायक सज्जन धामी लगायत स्थानिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुति दिएका थिए ।

शनिबार बिदाको दिन भएकाले पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो । स्टलहरुमा व्यापार पनि उत्साहजनक भएको व्यापारीहरुले बताएका थिए ।

माघ २२ गते सम्म संचालन हुने उक्त महोत्सवमा २६० व्यवसायी स्टल अर्थात ५ वटा कृषि, ४ वटा जडिबुटी १४ वटा अटोमोबाईल २२ वटा रेष्टुरेन्ट १६ वटा विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेको छ । 

महोत्सवलाई व्यवस्थीत रुपमा संचालन गराउन दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि टिभी क्यामेरा पनी जडान गरिएको छ ।