नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको अध्यक्षमा भिम गुरुङ चयन

नयाँ कार्यसमितीमा : १५ सदस्यीय

फुकुओका,जापान,बैशाख,५-

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानको नयाँ कार्यसमिती

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । महासंघले यहि जेष्ठ ५ गते (आईतबार) का दिन भिम गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

उक्त महाधिवेशनले नयाँ कार्यसमितीको अध्यक्षमा भिम गुरुङ, वरिष्ठ उपाध्यक्षमा धर्म महर्जन, उपाध्यक्षमा आशिष योन्जन लाई चयन गरेको छ ।

यस्तै महासचिवमा रोशन कुमार राई, सचिवमा सन्तमान शाक्य, सह-सचिवमा बसन्त घर्ती मगर, त्यस्तै कोषाध्यक्षमा दिपक राना, सह-कोषाध्यक्षमा एलीशा लामा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ईन्द्र घले, सचिन नेम्वाङ, शुनिल श्रेष्ठ, प्रदिप श्रष्ठ, सजिता रन्जित, अनीश लामा रहेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूले जापानको क्यूस्यूमा रहेका सम्पुर्ण जनजातीसंग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरि नयाँ कार्यसमिती चयन गरेको हो ।महाधिवेशलाई सफल पार्न सम्पुर्ण फुकुओकाबासी नेपालीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।

नेपाल आदिवासी महासंघले, जापानको क्यूस्यू क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली आदिवासी जनजातीसंग आबद्ध संघ संस्थालाई एकिकृत गरी जनजातीहरुको हकहित अधिकारको लागि भैपरि आउने समस्यामा आवाज उठाउने र व्यक्तीमा आएको समस्यालाई सामुहिक रुपमा समाधान गर्दै पहल कदमी गर्ने जनाएको छ । दुईवर्ष पहिले फुकुओकामा चयन गरिएको नेपाल आदिवासी जनजाती महासंग कार्यसमितीको नेतृत्व विष्णु तामाङले गर्नु भएको थियो ।

दुईवर्ष पुरा भए लगत्तै रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय महाधिवेशन कार्यसमिती गठन गरी दोस्रो महाधिवेशन फुकुओकाको मिनामी सिमिन सेन्टरमा सफलता पुर्वक सम्पन्न गरिएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ कस्तो संघ हो ।

नेपाल आदिवासी जनजाती महासंघ नेपालमा वि.स २०४७ सालमा स्थापना भएको थियो । यो प्रतिनीधीमूलक साझा संस्था नेपाल आदिवासी जनजाती महासंघ हो । यो महासंघले एक स्वायत्त, राजनीतीक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय सरकारी मान्यता प्राप्त पाएको संस्था हो ।

नेपाल आदिवासी महासंघ जनजातीहरुको हक, हितका, अधिकारका लागी विश्वभरीका आदिवासी जनजातीहरुको संघसंस्थाहरुसंग सहकार्य गर्दै स्थापना काल देखि नै निरन्तर क्रियाशिल रहदै आएको छ ।