उपयुक्त निकास दिन सरकारसँग कांग्रेस बाँकेको माग

नेपालगन्ज,वैशाख,२१-

नेपाली कांग्रेस बाँकेले यातायात क्षेत्रमा देखा परेको समस्याको उपयुक्त निकास दिन नेपाल सरकारसँग माग गरेको छ । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यातायात सुविधाबाट आम नागरिकलाई बञ्चित नहुने गरी वैकल्पिक व्यवस्था तथा सम्बन्धित पक्षहरुलाई तत्काल वार्तामा बोलाएर उपयुक्त निकास दिन माग गरेका हुन् ।

‘यातायात व्यवसायीबाट आव्हान गरिएको आन्दोलनलाई लिएर नेपाली कांग्रेस बाँकेको ध्यान आकृष्ट भएको छ । विज्ञप्तीमा भनिएको छ ‘यातायात व्यवसायीहरुको आन्दोलनका कारण जनजीवन अस्तव्यस्त बनेको अवस्थामा राज्यले उपयुक्त निकास नदिई चर्को रुपमा प्रस्तुत भईरहँदा समाधानको साटो द्धन्द्ध अझ बढ्दै जाने सम्भावना देखिएको छ ।

राज्य पक्षले लोकतान्त्रिक विधि र पद्धतिद्धारा समस्या समाधान नगरी व्यवसायीलाई दवाव मुलक व्यहार अख्तियार गरी थुनछेक गर्ने,धम्क्याउने आदी जस्ता बलपुर्वक गरिने क्रियाकलापले समस्याको समाधान नहुने ठहर नेपाली कांग्रेस बाँकेको छ ।

विज्ञप्ती