बैजनाथका सामुदायिक बिद्यालयले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने

कोहलपुर,बैशाख,२१-
बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका छन् । अबका दिनमा बिद्यालयमा लैंगिकमैत्री सिकाई निर्माणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका हुन ।

योजना निर्माण गरेर शिक्षण कृयाकलाप संचालन गर्ने तयारी पनि गरिसकेको बिद्यालयका शिक्षकहरुले जनाएका छन् । बिद्यालयमा लैंगिकमैत्री शिक्षण गतिबिधि नहुँदा बिद्यार्थी तथा शिक्षकहरुमा सामान अवधारणाको बिकास हुन सकेको छैन । जसका कारण बिद्यालयमा बालबालिकाहरुबीचमा अध्ययनमा असहजता उत्पन्न भई प्रभावकारी सिकाई हुन अभिभावकहरुको गुनासो छ ।

प्लान इन्टरनेशलन नेपालको सहयोग तथा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपालको आयोजनामा भएको लैंगिक सचेतना सामाजीकरण बिषयक चार दिने तालिमको समापनमा क्रममा शुक्रबार बोल्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले शिक्षकबीच लैंगिक विभेदलाई कम गरी व्यवहारमा उर्तानाले हाम्रा बालबालिकाको भविष्य निर्धारण गर्ने बताउनुभयो ।

शिक्षा क्षेत्रमा यो पालिकाको शिक्षाको गुणस्तर जसरी निस्कनपर्ने त्यस्तो निस्कन नसकेको भन्दै उहाँले बेला बेला शिक्षण तालिमहरु संचालन गरेर सामुदायिक बिद्यालयमा बालबालिका आउने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । निजी बिद्यालयको भन्दा सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गर्न आतुर हुनपर्ने अवस्था बनाउने गाउँपालिकाको परिकल्पना रहेको अध्यक्ष रुचालले बताउनुभयो ।

यसका साथै बिद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ, अभिभावक लगायतले यो हाम्रो आफ्नै बिद्यालय हो भन्ने महशुस गराउन सके सामुदायिक बिद्यालयको गुणस्तर बढ्ने बताउँदै उहाँले बताउनुभयो । त्यस्तै जि गाउँ स्रोत केन्द्रका बिद्यालय निरिक्षक तथा शिक्षा प्रमुख खिमप्रसाद ढकालले बालबालिकाले भेदभावको अनुभव गर्न नपर्ने, निर्माण गरिने योजना कार्यान्वयनले सार्थकता प्रदान गर्ने बताउनुभयो ।

बैजनाथ तथा खजुरा स्रोत केन्द्रका स्रोत व्यक्ति टकनाथ दाहालले सिकेका कुराले प्रमुख उपलब्धी नहुने भन्दै बिद्यालय शिक्षण कार्यको व्यवहारमा लागु गर्न सके बिद्यालयमा सिकाई वातावरणलाई सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले सामुदायिक बिद्याललाई राम्रो बनाउन लैंगिकमैत्री शिक्षण कार्यले बिद्यार्थीको उपस्थिति बढ्ने बताउनुभयो ।उहाँले बिद्यालयहरुमा भेदभावको वातावरण न्यूनिकरणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्न लगाइएको बताउनुभयो ।