अनौपचारिक श्रममा संलग्न महिला लक्षित कार्यक्रम नेपालगंजमा

मधुपौडेल
बाँके,फाल्गुन २-अनौपचारिक श्रममा संलग्न महिला लक्षित कार्यक्रम उद्यमशीलता ,रोजगारीमुलक ,सशक्तीकरण ÷सीप विकास तथा क्षमता अभिबृद्धिका विषयमा आज नेपालगंजमा छलफल भएको छ ।

अनौपचारिक श्रममा महिला ÷किशोरी संग्लनता बढि देखीएका १० जिल्लाको तालिमको आश्वयकता पहिचान तालिम प्रदान गर्ने संस्थाको पहिचान तथा छनौट गर्ने विषयमा प्रारम्भिक बैठक आज नेपालगंजमा बसेको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममा रहेर उक्त कार्यक्रम गरेको महिला तथा बालबालिका कार्यलय बाँके प्रमुख सुनिता केसीले बैठकमा जानकारी दिनुभएको थियो ।कार्यक्रमका लागि बाँकेका बहु विपन्न महिललाई प्राथकिता दिने तथा छनौटका लागि कम्तीमा १५ दिनको म्याद

दिई जिल्ला प्रशासन कार्यलय , जिल्ला विकास समितिको कार्यालय , जिल्ला शिक्षा कार्यालय ,मालपोत कार्यालय तथा महिला तथा बालबालिका कार्यालयमा सुचाना प्रकाशन गर्ने तथा सबै गाविस, नगरपालिका मार्फत सुचना तथा सिफारिस तथा आवश्यक प्रमाण सहितको कार्यक्रममा सहभागिताको लागि महिला तथा बालबालिका कार्यलय बाँकेमा निवेदन पेश गर्ने भएको छ ।

 किशोरीहरुको हकमा विपन्न तथा विद्यालय विमुख किशोरीहरुलाई प्राथमिकता दिने रहेको छ भने बाँके बाट ५० महिलालाई उक्त कार्यक्रममा समाबेश गराउने केसीले जानकारी गराउनु भएको छ ।

आज भएको बैठक जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुख  रविलाल पन्थको प्रमुख अतिथ्य तथा जिल्ला विकास समितिका बाँकेका प्रमुख हरि प्याकुरेलको सभापतित्वमा बसेका बैठकमा जिल्लाका सरकारी कार्यलय तथा गैरसरकारी कार्यलयका प्रमुख तथा पदाधिकारी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।