बाँकेका स्थानीय निकायका कर्मचारी आन्दोलीत : सेवाग्राहि मर्कामा

बाँके,फल्गुन २-बाँँकेका स्थानीय निकायका कर्मचारीको आन्दोलनले सेवाग्राहि मर्कामा परेका छन् । आज उनीहरुले सरकारी कार्यालयका प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगायका छन् । निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी समायोजन नीति बनाउन लागिएको भन्दै हिजोदेखि देशभरका स्थानीय निकायहरु ठप्प पारिएका छन् ।

स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा बाँकेसहित देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगर, नगर र गाविसका कर्मचारीहरु धर्नामा उत्रिएपछि सेवाग्राहीको काम ठप्प भएको हो ।

सरकारले संक्रमणकालिन र दीर्घकालिन नीति बनाउने क्रममा स्थानीय तहका कर्मचारीहरुभन्दा माथि निजामती कर्मचारी राख्ने विभेदकारी व्यवस्था गरेको भन्दै कर्मचारीले चरणबद्ध आन्दोलन थालेका हुन् । सर्वसाधारणको प्रत्यक्ष सरोकार रहेका स्थानीय निकायहरुको काम ठप्प हुँदा लाखौं जनता प्रभावित भएका छन् ।