नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुन्छ :अर्थमन्त्री महरा

बाँके,माघ २८-उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुने बताउनु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उहाँले नेपालगंजमा सभाहल निमार्ण गर्न विदेशी लगानीका लागि  आफूहरुले पहल गरिरहेको र त्यसो नभएमा नेपाल सरकार कै लगानीमा भएपनि सभाहलको निमार्ण छिट्टै गरिने विश्वास दिलाउनुभयो ।

उहाँले नेपालगंजमा अन्तराष्ट्रिय विमान स्थल बनाउन पनि पहल गर्ने बताउनु भएको छ । पश्चिम नेपालको पर्यटकिय क्षेत्रको विकासका लागि र नेपालगंज एउटा व्यपारिक केन्द्रको थलो भएकोले नेपालगंजमा अन्तराष्ट्रिय विमान स्थल आवश्यक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासको लागि आफू सधैंं लागि परिरहेको बताउनु भएको छ ।