राजपाभित्र विवाद चर्कियो

काठमाडौं, जेठ, २२-

नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन ।

प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो ।

त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा गर्न सकेन । दल दर्ताका लागि चाहिने पार्टी विधान र घोषणापत्र अन्तिम रुप दिन बसेका शनिबार र आइतबारका दुवै बैठक विवादपूर्ण बनेपछि राजपाले सोमबार बिहान ९ बजे फेरि बैठक राखेको छ । आजको कान्तिपुरमा खबर छ ।