उम्मेदवारी सिफारिशको बिरोध गरेका थापाद्वरा अनशन फिर्ता

मधुपौडेल

बाँके,जेठ,२१-

उम्मेदवारी सिफारिशको बिषयलाई लिएर नेपाली कांग्रेस पार्टी कार्यालय,बाँकेमा गरिएको आमरण अनशन तेस्रो दिन तोडिएको छ ।
जिल्ला सदस्य राजु थापाले क्षेत्रीय सभापतिद्वारा गरिएको उक्त सिफारिशको बिरोध गर्दै शुक्रबारदेखि आमरण अनशन बसेका थिए ।

आईतबार बाँके कांग्रेसकी सभापति किरण कोईरालाले थापालाई जुस खुवाएर अनशन खुलाए थिइन । दुबै पक्षले अब उम्मेदवारको नाम तोक्ने जिम्मा जिल्ला कार्यसमितिलाई दिएको सभापति कोईरालाले जानकारी दिनुभयो ।

कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले मनोमानी ढंगले प्रक्रिया नपु¥याई उम्मेदवारहरुको नाम सिफारिश गरेको भन्दै थापाले गत जेष्ठ १९ गतेदेखि आमरण अनशन शुरु गरेका थियो ।

साथै त्यसभन्दा केहिदिन अघि मात्र असन्तुष्ट पक्षहरुस्द्वारा कांग्रेस क्षेत्र नम्बर ३ को कार्यालयमा तालाबन्दी समेत गरिएको थियो । अनशन स्थगीतसंगै क्षेत्र नम्बर ३ को कार्यालयमा लगाईएको ताला समेत आईतबारदेखि खोलिएको छ ।

यसभन्दा अघि क्षेत्रीय सभापति रमेश गुप्ताल गरेको उम्मेदवार सिफारिशलाई पुनः सच्याईने र असन्तुष्ट पक्षलाई समेटिने भएपछि अनशन स्थगीत गरिएको अनशनमा रहेका राजु थापाले जानकारी दिएका थिए ।

स्थानीय तहको निर्बाचनमा नेपालगन्ज उप–महानगरपालिकामा अन्य दलहरुले उम्मेदवारहरुको नाम तोकिसकेपनि कांग्रेसले अहिलेसम्म उम्मेदवारहरुको नाम सार्बजनिक गर्न सकेको छैन ।

आन्तरिक गुटबन्दी तथा गलत मान्छेलाई उम्मेदवारी दिने संकेत देखिएपछि बाँके कांग्रेसमा बिबाद बढेको बताईन्छ ।