आजको राशिफल ।। भाद्र २१ गते मंगलवार ।।

काठमाडौं,भाद्र,२१-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २१ गते मंगलवार, (सेप्टेम्बर ६ तारिख) भाद्र शुक्ल एकादशी तिथी !आज हरिपरिवर्तिनी एकादशी पनि रहेको छ ।

आज भाद्र २१ गते मगंलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल