NRNA जापानको उपाध्याक्षका उम्मेदवार दाहाल द्वारा निर्वाचन बहिस्कार

मिलन मगर/
फुकुओकाजापान,भाद्र,१७-
एन आर एन ए जापानको निर्वाचनका उपाध्यक्ष छत्र दाहालले पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्नु भएको छ।

एन आर एन ए जापानको लागि राजाधानी टोक्यो बाट टाढा रहेको क्युशु क्षेत्रबाट उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गर्दै गर्दा दाहालले निर्वाचन बहिस्कार गर्नु भएको हो । 

उहाँका अनुसार सामाजिक ,राजनैतीक ,आर्थिक लगायत विभिन्न खालका कारण देखाई असहयोग गरी कार्यसमितिका सदस्यहरु संग कुनै छलफल नगरी अगाडी बढेको हुदा यो प्रवृत्तीको घोर भर्तसना गरेको  बताउनुभयो  ।

(पत्रकार सम्मेलन मार्फत निर्वाचन बहिस्कार सम्बन्धी भिडीयो हेर्नुहोस् ।।)

https://m.youtube.com/watch?feature=youtu.be&v=8YOkK1suusU

यस्तै करिब सात हजार भन्दा बढी नेपाली भएको ठाँउमा किन एउटा मुख्य पद दिन कन्जुसाइ गर्छन् भन्ने पत्रकारको प्रश्नमा उपाध्याक्ष पदका उम्मेदवार छत्र दाहाल भन्नुहुन्छ-NRNA जापानले दक्ष अनुभबी र एउटा क्षेत्रको मात्र नभएर जापान भरिको नेपालीलाई समेट्न सक्ने ब्यक्तीलाई पाखा गर्ने र राजनीति पैसा र साथै बियरको क्यान समाते मात्र काखा हुने अनी पद ग्रहण गरिसकेछी आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्ने प्रबिर्ती रहेको दाहालले बताउनुभयो ।

पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष उम्मेदवार छत्र बहादुर दाहालले निर्वाचन समिति प्रतिको अपरिपक्क निर्णय र नराम्रा कामको सुधारको माग गर्दै आज (शनीबर ) १ बजे सम्मको अल्टिमेटम सहित निर्वाचन कमिटीलाई अनुरोध गरिएको थियो। तर निर्वाचन समितिबाट चित्त बुझ्दो जवाफ नआएकोले निर्वाचन प्रति कुनै बिश्वास नभएकोले निर्वाचन बहिष्कार गरेको पनि बताउनुभयो ।

उहाँका अनुसार यस्ता खालका कार्यहरुले एन आर एन ए जस्तो पबित्र सामाजिक संस्थाको गरिमा र उद्देश्य प्रति प्रश्न उठ्न थालेको बताउदै, “भन्नुभयो” अबका दिनहरुमा नेतृत्वले यस्ता खालका कुराहरुलाई ख्याल गरी अगाडी बढ्दै जाओस भन्ने सबैको अपेक्षा र अधिकार रहेको बताउनुभयो ।

बहिस्कार सम्बन्धी निर्णय