
काठमाडौं,बैशाख,१५-काठमाडौंमा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार कलंकीलाई केन्द्रबिन्दु बनाएर मंगलबार मध्यराति भूकम्प गएको हो।
मंगलबार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो ।