विवेकशिल साझा पार्टि समर्थितको बैठक जापानमा सम्पन्न

मिलन मगर/
फुकुओका,जापान,माघ,१७-

विवेकशिल साझा पार्टिका समर्थित साझा सद्भाव समुह फुकुओका जापानको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।

संयोजक गोबिन्द रेग्मीको अध्यक्षतामा फुकुओकामा कृयाशिल रहेका साझा पार्टि समर्थित साझा सद्भाव समुहको बैठक बसेको थियो । उक्त बैठकले कमिटी पुनर्गठन गरी कमिटीमा सक्रिय सदस्यहरु बढाउदै लैजाने भएको छ । अब समुहलाई अझै बिस्तारित रुपमा समाज सङ्ग प्रत्यक्ष रुपमा जोड्ने गरी काम गर्ने भएको छ  । 

बैठकले प्रत्येक सदस्य बाट मासिक रुपमा एक-एक हजार ऐन संकलन गर्ने निर्णय पनि गरेको छ । साथै समुह प्रती सद्द्भाब राख्ने जोसिकै नेपाली पनी समुहमा आवद्व हुन सक्नेछ । 

यस्तै : फुकुओकामा रहेका नेपालीबासी लाई समटेर फेब्रुवरि १६ का दिन बृहत  छलफल कार्यक्रम गर्न लागेको समुहका संयोजक गोबिन्द रेग्मीले जानकारी दिनुभयो ।