कर्मचारी संगठन विभागीय कमिटी चिसापानीको अध्यक्षमा पुनः शेरेन्द्र कुमार सोनी निर्वाचित

चिसापानी,मंसिर,१४-
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट पुनः दोस्रो कार्यकालको लागि शेरेन्द्र कुमार सोनी सर्बसम्मतिले चयन हुनुभएको छ ।

अाज बाँकेको चिसापानीमा मेडिकल कलेजको हलमा भएको छैटौं अधिबेशनको सभापतित्वमा शेरेन्द्र कुमार सोनी , प्रमुख अतिथिमा कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्याल, बिशिस्ट अतिथिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष टी-एन- रावत, अामन्त्रित बिशिस्ट अतिथिमा प्रोफेसर डा- अार-सी- चौधरी , अतिथिहरुमा कर्मचारी संगठनका उपसभापति हरि चालिसे , सुमन गिरी, महासचिव रत्न कुमारी गिरी, उप महासचिव गोकर्ण शाही , सचिव केदारनाथ सापकोटा , कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का , नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका बरिस्ठ उपसभापति बिमल अाचार्य, कर्मचारी संघका केन्द्रीय बरिस्ठ उप सभापति पुरन सिंह ठकुरी , उपसभापति अन्जु न्यौपाने , सचिब नारायण प्रसाद पोखरेल, लगायतका अतिथिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले व्यवस्थापन पक्षसँग सघ/संगठनको नङ र मासुको सम्वन्ध रहेको तर कहिलेकाही व्यवस्थापन पक्षले अाम कर्मचारीहरुको हकहित लाई कुण्ठित पार्न खोजेकोले कर्मचारीहरुका माग वार्ता र छलफलबाट टुङ्गोमा पुर्याउनु पर्नेमा जोड दिनु भएको थियो ।

नव निर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहण कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बश्यालले गराउनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षमा टी-एन-रावत रावत सदस्यहरुमा गोकर्ण शाही , रमेश जि-सी- , के-पी- घिमिरे , लंक रोकायले पदाधिकारीहरुलाई सर्वसम्मतिले मिलाउनु भएको थियोे ।उक्त पदाधिकारीहरुको कार्यकाल ३ बर्षको रहेको छ ।

निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा चक्र बहादुर बुढा, सचिवमा सुरेश रोका, कोषाध्यक्षमा नारायण प्रसाद उपाध्याय , सदस्यहरुमा हरि प्रसाद कंडेल , लालबहादुर शाही , सुरेश खत्री , दल बहादुर बुढा , नर बहादुर बस्नेत लगायत ११ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन भएको निर्वाचन मण्डलका अध्यक्ष टि-एन- रावलले बताउनुभयो ।