१३ औं साग महिला फुटबल : साबीत्राको ह्याटि्रक संगै नेपाल फाइनलमा प्रवेश

भुटानद्धारा माल्दिभ्स २-१ गोल अन्तरले पराजित

काठमाण्डौं,मंसिर,१९-

१३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ नेपाली महिला टोली फाईलनमा प्रवेश गरेको छ।बिहिवार पोखरामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।सावित्राले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । योसँगै सावित्रा ३६ गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

यस्तै खेलको २१ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को जित दिलाए ।

जितसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालले ६ अंक जोडेको छ ।अब नेपालले लिग चरणको अन्तिम खेलमा दावेदार भारतसंग खेल्नेछ । स्मरण रहोस, फाइनलमा पनि नेपाल र भारत नै भिड्नेछ्न ।

यसैबिच उता पुरुष फुटबल तर्फ :  भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।दशरथ रंगशालामा बिहिबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । भुटानको जितमा छिमी दोर्जे र फुर्ब थिन्लेले एक एक गोल गरे ।

माल्दिभ्सका होम्जा मोहमदले एक गोल फर्काए । जितसँगै भुटानले ३ खेलमा ६ अंक जोडेको छ । र, भुटान शीर्ष स्थानमा उक्लिएको छ ।