एनपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल

फाईल तस्विर ।।

टोकियो,मंसिर,१-आज देखि सुरु भएकोदोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्‌घाटन खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार साँझ सम्पन्न भएको खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर बलिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा गरेको थियो।काठमाडौंले १ सय ३२ रन जोड्दै विजय भएको हो।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबै भन्दा बढी ४६ रन जोडेका थिए।उनले २३ बलमा ५ चौका र ३ छक्का समेत प्रहार गरेका हुन्।

ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी जनकपुरका सञ्जय कृष्णमूर्तिले तोडेका थिए । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत क्याच आउट गराएका हुन्।

यसैबिच :जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो।जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए।मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए।अन्यले दोहोरो अंक जोड्न सकेनन्।

काठमान्डौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिए ।

एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल भएको हो।अन्य खेलहरु पनि दिनमा र रातमा हुनेछन्।

मंसिर २ गते भने दुई खेल हुनेछ सिद्धार्थ बैंक एनपीएलको दोस्रो खेलमा चितवन राईनोज र कर्णाली याक्श विच खेल हुनेछ।यी दुई विचको खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ।

यस्तै तेस्रो खेलमा भने बेलुकि ४ बजे बिराटनगर किंग्स र पोखरा एडभेञ्चर भिड्ने छन्।यो खेल फ्लडलाईटमा हुनेछ।