एनपिएल : आज २ खेल हुदैँ, चितवन राईनोज र कर्णाली याक्स बिच हुने

दोस्रो खेलमा विराटनगर किंग्स संग पोखरा एभेञ्जर्सले भिड्ने

टोकियो,मंसिर,२-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलवार २ खेल हुदैँ छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेलमा चितवन राईनोज र कर्णाली याक्स बिच हुनेछ।खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेट जादा सुरु हुनेछ।

यसैविच :प्रतियोगीताको तेस्रो खेलमा भने बेलुकि ४ बजे बिराटनगर किंग्स र पोखरा एभेञ्जर्स भिड्ने छन्।यो खेल फ्लडलाईटमा हुनेछ।

प्रतियोगितामा आठ फ्रेञ्चाइज टोलीले भाग लिएका छन्। नेपालमा भने ईतिहासमै पहिलो पटक खेलहरु फ्लडलाइटमा भईरहेका छन्।

स्मरण रहोस् : उद्‌घाटन खेलमा काठमाडौं गुर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो।