८८ किलो सुनसहित गाडी चालक पक्राउ

काठमाडौं,भदौं ,१९-

केरुङबाट काठमाडौँ ल्याउँदै गरेको ८८ किलो सुन बरामद गरिएको छ । महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो ।

क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको अतिरिक्त महानिरिक्षक प्रमुख चन्दले जानकारी दिनुभयो । टाटाको स्ट्रोङ नामक गाडीमा सुना भेटिएको हो ।

प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्कीपछि अाज बिहान बरामद गरेको जनाएको छ । मनोज अधिकारी नामका चालक पनि पक्राउ परेका छन् ।