प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक , नेपालका प्रधानमन्त्री मध्य दाहाल सबैभन्दा गरिव

काठमाण्डौं,मंसिर २९- सरकारले प्रधानमन्त्री र मन्त्रिहरुको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज वेभसाइट मार्फत प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उक्त विबरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषदका सदस्यहरु मध्ये सबैभन्दा गरिव देखिएको छ । उहा पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालको गरिब प्रधानमन्त्री देखिननु भएको छ ।श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको उहाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँको परिवारको नाममा रहेको एक कट्ठा जमीन र तीन तोला सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक रहेको उक्त विवरणमा उल्लेख छ ।

यस्तै प्रधामन्त्री पछि गरिव मन्त्रीमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा देखिनु भएको छ । उहाको नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ भने एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स रहेको उल्लेख छ । अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसंग भने प्रशस्त सम्पति विवरणमा उल्लेख छ । उहाको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ । यस्तै उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख छ । उहाको भक्तपुरका अन्य विभिन्न स्थानमा १३ आना जग्गा रहेको छ भने धनुषामा १९ विघा जग्गा रहेको उल्लेख छ । बैंक ब्यालेन्स भने २९ लाख रहेको देखाइएको छ ।