संविधान पूर्णरुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने :देउवा

चितवन,मंसिर २९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान पूर्णरुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने बताउनु भएको छ । नेपाल महिला संघको आयोजनामा आज चितवनको भरतपुरमा भएको प्रशिक्षण कार्यक्रममा उहाँले देशलाई दुर्घटनाबाट जोगाउन संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।संविधान संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गर्नुको कुनै औचित्य नभएको उहाँको भनाइ थियो । देउवाले सके संविधान संशोधन प्रस्ताव फेल गराउन एमालेलाई चुनौती समेत दिनुभयो ।