सरकारले ग्यारेन्टी गर्ने भएमात्रै भोटिङ मेसिन प्रयोगमा ल्याउन सकिन्छ: प्रमुख आयुक्त

काठमाडौं, माघ २७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउनसक्ने बताउनु भएको छ ।आज राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पार्नुभयो ।

स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत मेसिन मगाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।सरकारले बेलायती कम्पनीले बनाएको भोटिङ मेसिन खरिद गर्न चासो देखाएपछि नेपालमै बनेको भोटिङ मेसिन प्रयोग गर्नुपर्ने माग बढेको छ ।