प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं,फागुन,१२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार सवोच्च अदालतले संसद विघटन बदर गरेपछि आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ।प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।