रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना मजदुरको निसास्सिएर मृत्यु, ५० जना घाइते

एजेन्सी,मंसिर,१०-रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

घटनामा ४९ मजद्र घाइते भएका छन् भने केही घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

 

रुसमा पछिल्लो एक दशकमा भएको खानी दूर्घटनामा यो नै ठूलो मात्राको हताहती हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुन सक्ने भन्दैे उद्धार कार्य पनि रोकिएको छ । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२८५ जना मजुरले काम गरिरहेको खानीमा दुर्घटना भएपछि अधिकारीहरु भने भागेका थिए । राजधानी मस्कोबाट ३५ सय किलोमिटर टाढा केमेरोभो क्षेत्रमा यो खानी रहेको छ ।