एएफसी यु-२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियालाई -AFC U23

थाइल्याण्ड,माघ,१४-थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि दक्षिण कोरियाले जित्न सफल भएको छ ।समूह चरण बाटै अपराजित र प्रभाबकारी प्रदर्शन गर्दै आएको दक्षिण कोरिया फाइनलमा साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै पहिलोपटक यु-२३ च्याम्पियनसिप बनेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ११४ औं मिनेटको फाइदा उठाउदै कोरियाले साउदी अरेबियालाई स्तब्ध पार्‍यो ।

खेलमा ताइ–वुक जोङले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दक्षिण कोरिया कै डु–जाई वोन घोषित भए भने फेयर प्ले अवार्ड साउदी अरबले जित्यो ।स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा साउदीले डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाईृ हराएको थियो भने दक्षिण कोरियाले बलियो अष्ट्रेलियालाई पराजित गरेको थियो ।स्रोत-नेपाल स्पोर्ट्स