
काठमाडौँ,माघ,२६-आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ।
मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो।
राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए।आसिफ सेख ७ रनमा आउट भए।दिपेन्द्रसिंह ऐरिले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफसेखले १० रन बनाए।लोकेश बम ३९ र करन केसी १ रनमा अविजित रहे।जित नजिक रहेको नेपालले अन्तिम ओभरमा गुलसन झा को विकेट गुमाउँदा खेल हार्न पुग्यो ।
नपाललाई जित नजिकसम्म पुर्याउन लोकेशले २० बलमा ३९ रन बनाए।उनले ४ चौंका र २ छक्का प्रहर गरे।यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका ह्यारी ब्रोकले ५३ र ज्याकब ब्यानथनले ५५ रन बनाए।नेपालका दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए।शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए।




